काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप खेल्ने राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यानले मलेसियामा हुने प्रतियोगिताका लागि राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरिएको हो ।
इन्दु वर्मा कप्तान रहेको नेपाली टिममा बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पुजा महतो, संगिता राई, अप्सरी बेगम, कबिता जोशी, कबिता कुँवर, सम्झना खड्का, रोमा थापा, डोली भट्ट र अश्मिना कर्मचार्य रहेका छन् ।
नेपाली टिमको मुख्य प्रशिक्षकमा मनोज कटवाल रहेका छन् भने जानकी भट्ट सहायक प्रशिक्षक छिन् ।
