• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
विश्वविद्यालय खेलकुद : एथलेटिक्समा त्रिविलाई ५ स्वर्ण
खेलपाटी संवाददाता
सोमबार, माघ २२, २०८० खेलपाटी संवाददाता
विश्वविद्यालय खेलकुद : एथलेटिक्समा त्रिविलाई ५ स्वर्ण

काठमाडौं । त्रिभूवन विश्वविद्यालय त्रिविले प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको पहिलो दिन एथलेटिक्समा ५ स्वर्ण जितेको छ ।

पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बाँकी १ स्वर्ण सुदूरपश्चिम विश्वविद्यालयले हात पार्यो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपद्वारा आयोजित प्रतियोगिताको पुरुष १ हजार ५ सय मिटर दौडमा टीयूका शेरबहादुर अधिकारी पहिलो भए । उनले निर्धारित दूरी ४ मिनेट ३० दशमलव १ सेकेन्डमा पूरा गरे । टीयूकै विकेश घिमिरे दोश्रो तथा सुदूरपश्चिमका खेमराज जोशी तेश्रो भए । सोही स्पर्धाको महिलामा टीयूकी राज्यलक्ष्मी रावलले निर्धारित दूरी ५ मिनेट २५ दशमलव ५ सेकेन्डमा तय गर्दै पहिलो भइन् । काठमाडौं विश्वविद्यालका आल्षा रेग्मी दोश्रो तथा लुनिया त्वायना तेश्रो बने ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष ४ सय मिटर दौडमा सुदूरपश्चिमका मुकेश विष्ट पहिलो भए । उनले निर्धारित दूरी तय गर्न ५६ दशमलव ३५ सेकेन्ड समय खर्चे । टीयूका दिवस रेग्मीले रजत तथा गण्डकी विश्वविद्यालयका सुजल केसीले कांस्य जिते । उक्त स्पर्धाको महिलामा टीयूकी अनामिका देवकोटा १ मिनेट १५ दशमलव ३५ सेकेन्ड समय निकाल्दै शीर्ष स्थानमा रहिन् । सुदूरपश्चिमकी भावना पाण्डे दोश्रो तथा गण्डकीकी कृति गिरी तेश्रो स्थानमा रहे ।

पुरुष लङजम्पमा टीयूका दिवस रेग्मी पहिलो भए । उनले ६ दशमलव २७ मिटर जम्प गरे । सुदूरपश्चिमाञ्चलका मुकेश विष्ट दोश्रो तथा लुम्बिनी विश्वविद्यालयका अभिषेक गुप्ता तेश्रो भए । त्यसै स्पर्धाको महिलामा टीयूकी संचिता घिमिरेले स्वर्ण चुमिन् । संचिताले ४ दशमलव २४ मिटर जम्प गरिन् । लुम्बिनीकी रमिता रावत दोश्रो तथा सुदूरपश्चिमकी भावना पाण्डे तेश्रो भए ।

टेबलटेनिस : टीयूलाई डबल्स स्वर्ण

टेबलटेनिसको पुरुष डबल्समा टीयूका रजोजमान ढकु र आदित्य धौनियाको जोडीले पुरुष डबल्समा स्वर्ण जितेका छन् । उक्त जोडीले फाइनलमा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहाल र विदुर खनालको जोडीलाई ३–० को सोझो सेटमा पराजित गरे । पोखराका विवेक ढकाल र देवबहादुर भुजेल तथा गण्डकीका अनुष कुँवर र दिपेश रानाभाटको जोडी संयुक्त रुपमा तेश्रो भए ।

पुरुष सिंगल्समा नेपाल संस्कृत विश्वविद्यालयका गनन्जय दाहालले टीयूका आदित्य धौनियालाई ३–० तथा टीयूका रजोजमान ढकुले काठमाडौंका प्राञ्जयप्रकरण श्रेष्ठलाई ३–० ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको महिला सिंगल्समा टीयूकी लस्ता महर्जनले सुदूरपश्चिमकी रेखा विष्टलाई ३–० तथा पोखरा विश्वविद्यालयकी मनीषा श्रेष्ठले टीयूकी गीताञ्जली गुरुङलाई ३–२ ले पन्छ्याउदै फाइनलमा स्थान बनाए ।

भलिबल :

जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा जारी भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विश्वविद्यालयले टीयू तथा पोखराले मध्यपश्चिम विश्वविद्यालयसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । भलिबलमा पुरुषतर्फ मात्र प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगिताको राखेपका उपाध्यक्ष एवं प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन कार्यदलका संयोजक शिव कोइरालाले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका निमित्त सदस्य–सचिव प्रकाशकुमार कुसारी, सदस्य पेमा डोल्मा लामा, बिना श्रेष्ठ, दिपेन्द्र विष्टलगायतको उपस्थिति रहेको थियो ।

दुईदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी ४ खेल समावेश छन् । भलिबलमा छात्र टोली मात्र सहभागी छ । विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडीको सहभागिता रहेको प्रतियोगितामा २३ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निब्स बास्केटबल भोलिदेखि
निब्स बास्केटबल भोलिदेखि
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
महामञ्जुश्री कप बास्केटबलमा विल्सन एकेडेमी, चाँदबाग र ग्रिनफिल्ड च्याम्पियन
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
एसइई बास्केटबलको उपाधि बेनपाको पोल्टाम
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
यु–१४ विद्यालय खेलकुद जेठ २२ गतेदेखि
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
एसइई बास्केटबल प्रतियोगितमा ५ खेल सम्पन्न
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जयस्नु र अर्नवलाई स्वर्ण
जयस्नु र अर्नवलाई स्वर्ण
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
पाँचपोखरी र मेलम्ची संयुक्त विजेता
प्राज्नालाई आरम्भको सम्मान
प्राज्नालाई आरम्भको सम्मान
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP