काठमाडौं । आईसीसी यू–१९ विश्वकप खेलेर नेपाली क्रिकेट टिम सोमबार स्वदेश फर्किएको छ ।
साउथ अफ्रिकामा भएको उमेर समूहको विश्वकप क्रिकेटमा सहभागीता जनाएर नेपाली टिम स्वदेश फर्किएको हो ।
नेपाली टिमलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
नेपालले समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग हार ब्यहोरेको थियो भने अन्तिम खेलमा अफगानिस्तानलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको थियो ।
सुपर सिक्समा भने नेपाली टिमले बंगलादेश र भारतसँग पराजित बनेको थियो । केही खेलाडीले उमेर समुहमा उत्कृष्ट प्रर्दशन गर्दै राष्ट्रिय टिमको ढोका खोलेका छन् ।