• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
गोल्डकपका महापण्डित बने सन्जोक भट्टराई 
खेलपाटी संवाददाता
आइतबार, माघ २१, २०८० खेलपाटी संवाददाता
गोल्डकपका महापण्डित बने सन्जोक भट्टराई 

पोखरा । रेडियो अन्नपूर्ण ९३ दशमलव ४ मेगाहर्ज पोखराद्धारा आयोजित गोल्डकप महापण्डितका बिजेता कास्कीको रुँपा गाउपालिका ७ का सन्जोक भट्टराई बन्न सफल भएका छन् ।

पोखरामा माघ ९ गते देखि २० गतेसम्म सञ्चालन भएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता २०८० अन्तर्गत यस पटकको उपाधि कस्ले जित्ला ? भन्ने प्रश्नमा अनुमानित सहि उत्तर दिने स्रोताहरुमा मध्यबाट गोलाप्रथा मार्फत भट्टराई विजेता बन्न सफल भएका हुन् ।

आइतबार रेडियोमा आयोजित एक विशेष कार्यक्रममा उनलाई रेडियोका प्रवन्ध निर्देशकद्धय विजेश पालिखे र बरदान लामा, स्टेशन म्यानेजर सञ्जयकुमार मल्ल, सहारा क्लब पोखराका महासचिव राम्जीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका सेल्स अफिसर बमबहादुर बराल, वान स्टप इलेक्ट्रोनिक्सका सञ्चालक रविराज भुर्तेल, रेडियोका जनरल म्यानेजर नारायण पौडेलले संयुक्त रुपमा भट्टराईलाई ३२ इन्चको वेगा टेलिभिजन, सेभेन बी फोनजोन बुद्ध विशाल बजारको तर्फबाट १ थान मोबाइल सेट र एक काटुर्न रारा चाउचाउ हस्तान्तरण गरेका हुन्।

सहारा क्लब पोखराका महसचिव राम्जीप्रसाद अधिकारीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको र रेडियोको कार्यक्रमले प्रतियोगिताको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले आगामी दिनमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख गरे । रेडियोले गर्ने सामाजिक कार्यमा सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे ।

वान स्टप इलोक्ट्रोनिक्स पोखराका सञ्चालक भुर्तेलले लोकप्रिय रेडियोमार्फत जोडिन पाएकोमा खुशी व्यक्त गरे । उनले भविष्यमा पनि सहकार्य हुने बताए । 

हिमश्री फुड्सका सेल्स अफिसर बमबहादुर बरालले प्रतियोगिताले बजारलाई चलायमान बनाउन सहयोग गर्ने बताए ।

रेडियो कार्यक्रमले गर्दा पनि प्रतियोगतालाई थप सहयोग पुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । रेडियोका निदेशकद्धय बिजेश पालिखे र बरदान लामाले कार्यक्रममा सहकार्य गर्ने सम्पूर्ण आयोजक तथा प्रायोजकहरुलाई धन्यवाद दिए । 

बिजेता भट्टराईले आफूले सोंच्दै नसोंचेको उपहार परेको भन्दै अप्रत्याशित खुशी मिलेको बताए ।

पहिलोपटक रेडियोबाट फोन गरेर टिभी परेको खबर दिदा आफूलाई विश्वास गर्नै गाह्रो भएको अनुभव सुनाउँदै उनले त्यसपछि परिवारलाई बताउँदा सबै खुशी भएको बताए। साथै उनले सहारा क्लवले आयोजना गरेको आहा रारा गोल्डकप र त्यसलाई सघाउन रेडियो अन्नपूर्णले गरेको योगदान अतुलनीय रहेको बताए ।

माघ ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता १० टिमको सहभागिता रहेको थियो । पाँचपटक उपाधि विजेता थ्री स्टार क्लबलाई ३–० ले हराएर त्रिभुवन आर्मी फुटबल क्लब च्याम्पियन बनेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
भलिबल, कबड्डी र उसुका खेलाडी नगद सहित सम्मानित
एनकेएलको खेलाडी दर्ता खुल्ला
एनकेएलको खेलाडी दर्ता खुल्ला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चेल्सीसँग सजग पीएसजी
चेल्सीसँग सजग पीएसजी
इतिहास कोर्दै मिचेल
इतिहास कोर्दै मिचेल
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
जोटाको सम्झनामा लिभरपुलको जर्सी नम्बर २० रिटायर
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
काभा पुरुष क्लब भलिबल च्याम्पियनसिप खेल्न जाने हेल्प नेपाललाई बिदाइ
एन्थोनी न्युक्यासलमा अनुबन्धित
एन्थोनी न्युक्यासलमा अनुबन्धित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP