काठमाडौं । यू–१९ विश्वकप क्रिकेटमा भारतले नेपाललाई २९८ रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको ब्लोमफोन्टेन क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको भारतले निर्धातिर ५० ओभरमा ५ विकेट गुमाएर २९७ रन बनायो ।
भारतका लागि सचिन दाश र कप्तान उदय शरणले शतकीय पारी खेले । सचिनले ११६ रनको शतकीय पारी खेले । १०१ बल खेलेका ११ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै गदयले १०० रनको शतकीय पारी खेले । १०७ बल खेलेका उनले ९ चौका प्रहार गरे । भारतका लागि अर्शद सिहले २१ रन बनाउँदा प्रियान्सु मोलियाले १९ रनको योगदान गरे ।
नेपालका लागि गुलशन झाले तीन विकेट लिँदा आकाश चन्दले एक विकेट लिए ।