काठमाडौं । नेपाली खेलाडी अर्जुन कुमाललाई आइसीसीले कारवाही गरेको छ । आइसीसी यू–१९ विश्वकप अन्तर्गत बंगलादेशविरुद्धको खेलमा आइसीसीको नियम उल्घन गरेको भन्दै कारबाही गरेको हो ।
बंगलादेशविरुद्धको खेलको छैठौं ओभरमा कुमाल लन लिने क्रममा बंगलादेशका बलर मारुफ मृधालाई कुहिनोले हानेको कारण कारबाहीमा गरेका हुन् ।
आइसीसीको आचार संहिता २.१२ उल्लंघन गरेका आइसीसीले बताएको छ । आइसीसीले अर्जुनलाई ३ डेमेरिट प्वाइन्ट दिएको छ । अब उनको कारबाही २४ महिनासम्म रहनेछ ।
अर्जुनलले यो गल्ति पुनः दोहोराएमा उनको ४ भन्दा धेरै डेमेरिट प्वाइन्ट हुनेछ । जसले उनलाई दुई खेलको प्रतिबन्ध गरहेछ ।
आइसीसी विश्वकप अन्तर्गत अब नेपालले आफ्नो अन्तिम खेलमा भारतको सामना गर्नेछ ।