काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा गण्डकी प्रदेशलाई ६८ रनले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो ।
त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १३३ रनको लक्ष्य पछ्याएको गण्डकीले २३ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६४ रन बनायो ।
गण्डकीका लागि इश्वर घर्तीले १६ रन बनाउँदा कर्ण पंगिनीले १५ नर बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
आर्मीका लागि साहब आलमले चार विकेट लिँदा जितेन्द्र मुखिया र कुशल मल्लले दुई–दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ३९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १३२ रन बनायो ।
आर्मीका लागि इमरान शेखले ३४ रन बनाउँदा सोमपाल कामीले २३ तथा कप्तान विनोद भण्डारीले १९ रनको योगदान गरे ।
गण्डकीका लागि विपिन खत्री, अम्रित गुरुङ, कृष्ण पौडेल र कमल परियारले दुई–दुई विकेट लिए । त्यस्तै सन्दीप पराजुली र रोशन गौतमले एक–एक विकेट लिए ।
आर्मीले अब फाइनलमा पुलिसँग खेल्नेछ ।