काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपीएफमाथि जित निकालेको छ । बुधबार भएको खेलमा कर्णालीले एपीएफले २१ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको २०७ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १८५ रन बनायो । एपीएफका लागि आसिफ शेखले १०८ रनको शतकीय पारी खेले ।
त्यस्तै अमर राउटेलाले २८ रन बनाउँदा रोहित पौडेलले १४ रनको योगदान गरे । कर्णालीका लागि प्रकाश जैशीले चार विकेट लिए । त्यस्तै दिपेन्द्र रावत र युनिश सिंहले दुई–दुई विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले ४४ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १०६ रन बनायो । कर्णालीका लागि हिमान्सु शाह र अर्जन घर्तीले अर्धशतकीय पारी खेले ।
हिमान्सुले ६२ रन बनाउँदा अर्जुनले ५३ रनको योगदान गरे । त्यस्तै दिपेन्द्र रावतले २७ रन बनाउँदा दिनेश अधिकारीले १९ रन बनाए ।
मौसम ढकालले तीन विकेट लिँदा अमर राउटेलाले दुई तथा भुवन कार्की र रमेश कुर्मीले एक–एक विकेट लिए ।
एपीएफका लागि