काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको बोइन्फ्रोन्टिनमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा अल आउट हुँदै १६९ रन बनायो ।
नेपालका लागि विशाल विक्रम केशीले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै कप्तान देव खनालले ३५ रन बनाउँदा सुवास भण्डारीले १८ तथा अर्जुन कुमालले १४ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बंगलादेशका लागि रोहनत ब्रोसनले सर्वाधिक चार विकेट लिए । त्यस्तै शेख प्रविज विबोनले तीन विकेट लिए ।
आजको खेलमा नेपाल जित निकाल्ने लक्ष्यमा छ । सेमिफाइनल रेसबाट बाहिर भएको नेपालका लागि आजको खेलमा जित आवश्यक छ ।