काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित निकलोको छ ।
शनिबार भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८८ रनले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा एपीएफले दिएको २०८ रनको लक्ष्य पछ्याएको गण्डकीले ३३ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ११९ रन बनायो ।
गण्डकीका लागि समिर कडेलले सर्वाधिक ३३ रनको योगदानगरे । त्यसतै इश्वर क्षत्रीले २८ रन बनाउँदा विपिन खत्रीले १८ रनको योगदान गरे ।
एपीएफका लागि अमर राउटेलाले चार विकेट लिए । त्यस्तै मौसम ढकालले तीन विकेट लिँदा भुवन कार्की दुई तथा रमेश कुर्मीले एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २०७ रन बनाएको थियो ।
एपीएफका लागि लोकेश बलमे ५० रनको अर्धशतकीय पारी खेले । त्यस्तै भुवन कार्कीले ४५ रन बनाउँदा प्रदीप ऐरीले ३९ तथा पुर्न विकले ३० रन जोडे ।
गण्डकीका लागि कमल परियारले तीन विकेट लिए । त्यस्तै विपिन खत्री, अम्रित गुरुङ र सन्दीप प्राजुलीले दुई–दुई विकेट लिए ।