काठमाडौं । आकाश चन्दले उत्कृष्ट बलिङ गर्दा अफगानिस्तानले नेपाललाई १४६ नरको लक्ष्य दिएको छ ।
इस्ट लण्डनमा टस हारेर पहिले बलिङ गरेको नेपालले अफगानिस्तानलाई ४० ओभर १ बलमा १४५ रन बनाउँदा अल आउट गरेको हो ।
आफगानिस्तानका लागि गाजनफरले सर्वाधिक ३७ रन बनाए । त्यस्तै नशिर खानले ३१ रन जोड्दा फ्रिदोनले २९ रनको योगदान गरे ।
नेपालका लागि आकाश चन्दले सर्वाधिक पाँच विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन खर्चे । त्यस्तै दिपेश कडेलले दुई विकेट लिँदा गुलशन झा, सुवास भण्डारी र तिलक भण्डारीले एक–एक विकेट लिए ।
आजको खेलमा नेपाल जित निकाल्दै सुपर सिक्समा पुग्ने योजनामा छ । नेपालले आजको खेल जित्नै पर्ने दवाब छ ।