काठमाडौं । आसीसी यू–१९ विश्वकपमा नेपालले आज (शुक्रबार) अफगानिस्तानसँग खेल्दैछ ।
बफेलो पार्क इस्ट लन्डनमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे सुरु हुनेछ ।
समूह चरणको आफ्नो अन्तिम खेलमा आज अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुग्ने योजनामा हुनेछ ।
अफगानिस्तान र नेपालले अघिल्ला दुई खेलमा जित निकाल्न सकेका छैनन् । त्यसैले आजको खेलमा जित निकाल्ने टोली सुपर सिक्समा पुग्नेछ ।
हालसम्म दुई टोली विश्वकपमा आमने सामने भएका छैनन् ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँगको ५ विकेटले पराजित भएको थियो ।