काठमाडौं । अनिल शाहको शतकमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा सहज जित निकालेको छ ।
बिहीबार भएको खेलमा मधेशले गण्डकी प्रदेशमाथि १४५ रनको जित निकालेको हो ।
त्रिवि क्रिकेट मैदानमा मधेशले दिएको ३३६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १९० रन बनयो ।
गण्डकीका लागि इश्वर क्षत्री र कमल परियारले २७–२७ रनको योगदान गरे । त्यस्तै क्रिस यैरले २६ रन बनाउँदा चन्द्र पौड्यलले २३ रन जोडे ।
बलिङतर्फ मधेशका लागि रञ्जित कुमारले चार विकेट लिए । त्यस्तै हरिशंकर शाहले तीन विकेट लिँदा प्रदिप पासवान दुई र राजेश यादवले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनायो । मधेशका लागि शाहले १२७ रनको शतकीय पारी खेले । १२५ बल खेलेका उनले ११ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै अरनिको यादवले ६३ नरको अर्धशतकीय पारी खेले । मधेशका लागि पवन सरार्फले ४० रन बनाउँदा रुपेश सिहले ३२ रनको योगदान गरे ।
गण्डकीका लागि सन्दीप पराजुलीले दुई विकेट लिँदा कृष्ण पौडेल र कमल परियारले एक–एक विकेट लिए ।
जितसँगै मधेश प्रदेश ८ खेलमा १० अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । पराजित गण्डकी प्रदेश ६ खेलबाट ४ अंक जोडेर तालिकाको आठौं स्थानमा छ ।