एजेन्सी । बार्सिलोना स्पेनिस कोपा डेल रेबाट बाहिरिएको छ । बुधबार राति भएको क्वाटरफाइनल खेलमा एथ्लेटिक क्लबसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना बाहिरिएको हो ।
घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकलाई जित दिलाउन गोर्का गुरुजित, आइहान सन्केट, नाकी विलियम्स र निको विलियम्सले एक–एक गोल गरे ।
बार्सिलोनाका लागि रोबर्टाे लेवान्डोस्की र लामिन यमालले एक–एक गोल फर्काए ।
खेलको निर्धारित समयमा दुई टोली २–२ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समाय धकेलिएको थियो ।
अतिरिक्त समयमा एथ्लेटिक्सले दुई गोल गर्न सफल भयो । यसअघि लिगको शीर्ष तीनमा रहेका रियल मड्रिड र पनि बाहिरिएका थिए ।