काठमाडौं । आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालले आज (बुधबार) आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको छ ।
इस्ट लण्डनमा हुने नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो १ः४५ मा सुरु हुनेछ ।
पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै पर्नै दबाबमा छ ।
नेपाल आजको खेलमा पराजित भए प्रतियोगिताको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना कमजोर हुनेछ ।
नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।