काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेटमा कर्णाली प्रदेशले तेस्रो जित निकालेको छ । मंगलबार भएको खेलमा कर्णालीले कोशी प्रदेशलाई ६ विकेटले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको १५२ रनको लक्ष्य पछ्याएको कर्णालीले २८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
कर्णालीका लागि अर्जुन घर्तीले ५० रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ६ चौका र २ छक्का प्रहार गरे ।
त्यस्तै विपिन शाहीले २८ रन बनाउँदा हिमान्सु शाहीले २४ तथा निश्चल हावलले २१ रनको योगदान गरे । कोशीका लागि हेमन्त राईले तीन विकेट लिए । त्यस्तै कमल खत्रीले एक विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको कोशीले ३४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै १५१ रन बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले ७३ रनको अर्धशतकीय पारी खेले । ७३ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै सुनज घिमिरेले १२ रन बनाउँदा आइस भटराईले ११ रन बनाउँन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कर्णालीका लागि दिपेश अधिकारीले सर्वाधिक चार विकेट लिए । त्यस्तै प्रकाश जैशीले तीन विकेट लिँदा दिवन पुनले दुई विकेट लिए ।