आइतबार, २७ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. टेबल टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि

सोमबार, ०८ माघ २०८०खेलपाटी संवाददाता
सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि
Loading ad...
mustang rice ad

काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए । त्यसमा भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन् । बाँकी नेपाली खेलाडी रहेका छन् ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष-महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार पाउने  छन् ।

बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार जित्ने छन् । कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ रहेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक क्लब, मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रा।लि। र हस्पिटालिटी पार्टनर नेपाली घर होटल प्रा।लि। बीच त्रिपक्षीय सम्झौता पनि भएको छ । आयोजकका अध्यक्ष जोशी, सम्झनाकी निर्देशक रजना जोशी र नेपाली घरका जनरल म्यानेजर राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार सम्झनाले कुल खर्चको ५० प्रतिशत तथा नेपाली घरले ५ लाख २ हजार रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको  छ ।

त्यस्तै इक्विपमेन्ट पार्टनर भारतको स्ट्याग ग्लोबल प्रा।लि। तथा पोशाक पार्टनरमा भ्याली स्पोर्ट्स हाउस, भक्तपुर रहेका छन् । ललितपुर जिल्ला टेबलटेनिस संघले पनि सहयोग गर्ने जनाइएको छ ।
 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

संयोग र नविता च्याम्पियन

संयोग र नविता च्याम्पियन

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

नविता, वियंका, इभाना र योङगी सेमिफाइनलमा

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

पदक विजेता टेबलटेनिस खेलाडीलाई एभीएमको सम्मान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

काभा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक

मेसीको कीर्तिमान

मेसीको कीर्तिमान

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

च्याम्पियन्स लिग छनोटतर्फ लिभरपुल

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

रेसिङ साहारालाई कोहलपुर गोल्डकपको उपाधि

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

इशान पहिलोपल्ट एकदिवसीय टोलीमा

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

सिरहाले जित्यो नेपाल हव क्रिकेटको उपाधि

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

लिला थिम्पु सिटीमा अनुबन्ध

लिला थिम्पु सिटीमा अनुबन्ध