काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा नेपालले आज न्युजिल्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्दै छ ।
बफेलो पार्क, इस्ट लन्डनमा न्युजिल्यान्डका कप्तान ओस्कार ज्याक्सनले टस जितेर नेपाललाई पहिले बलिङको निम्तो दिएका छन् ।
नेपालले केही बेरमा न्युजिल्यान्डविरुद्ध बलिङ गर्नेछ । आजको खेलमा दुबै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छन् ।
दुई टोलीको इतिहास हेर्दा नेपाल बलियो देखिन्छ । नेपालले यसअघि सन् २००६ र २०१६ मा न्युजिल्यान्डलाई हराएको छ।