काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान देव खनालले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै सम्पूर्ण समर्थकहरुलाई खुसी बनाउने बताए ।
आइसीसीसँग कुरा गर्दै खनालले पछिल्लो समय नेपाली क्रिकेटमा धेरै क्रेज रहेको र त्यहाँ क्रिकेटको महत्व पनि बड्दै गएको बताए ।
समर्थकहरुको मायाले आफूहरु राम्रो खेल्ने हौसला मिलेको बताएका छन् । त्यसैले आफूहरु राम्रो खेल्ने बताए ।
‘अहिले नेपालको क्रिकेट क्रेज धेरे राम्रो छ । त्यसैले हामीलाई राम्रो खेल्ने हौसला मिल्छ,’ खनालले भने ।
त्यस्तै दिपेश कडेलले नेपाली क्रिकेटलाई अहिले विश्व क्रिकेटले हेर्ने नजर नै बेग्लै भएको बताए । नेपालको क्रिकेट माया धेरै देखेर आफूहरुलाई केही गर्नु पर्छ भन्ने लाग्छ ।
त्यस्तै विशाल बिक्रम केसीले नेपाली क्रिकेट प्रति समर्थकको माया सधै यसरी राखि राख्न आग्रह गरे । तिलक राज भण्डारीले आफूहरुले पाएको मायालाई हौसलामा परिणत गरेर खेल्ने बताए ।