मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Bhat Bhateni Supermarket Ad

ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने

शुक्रबार, माघ ५, २०८०खेलपाटी संवाददाता
ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने
Classic Tech Internet Ad

धनगढी । क्रिकेटको शहर धनगढीमा ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन हुने भएको छ ।  

धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

उपमहानगरपालिकाका मेयर गोपाल हमाल र गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । दुबै पक्षबीच उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा ग्रासरुट लेभल क्रिकेट कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको हो । 

नगरप्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत छनौटमा परेका धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडा र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारीमा उक्त कार्यक्रम लागु हुने भएको छ ।  

नगरप्रमुख गोपाल हमालले नमूना विद्यालयमा क्रिकेटको नर्सरी विकास गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

‘नयाँ प्रतिभालाई उत्पादन गर्ने उदेश्यका साथ हामीले विगतदेखि नै धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न अग्रसर भईरहनुभएका सुवाश शाहीको टिमसँग क्रिकेट विकास कार्यक्रमको सम्झौता गरेका छौं । यो नमूना स्कुलमा क्रिकेटको नर्सरी तयार गर्ने समझदारी हो । क्रमिक रुपमा अन्य विद्यालयहरुमा यो कार्यक्रम लागु गर्दै जानेछौं । यस कार्यक्रमले धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्ने अभियानलाई मुर्तरुप दिने विश्वास लिएको छु,’ हमालले भने ।  

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको बताए । 

‘ग्रासरुट लेभल क्रिकेट विकास कार्यक्रमको प्रस्तावलाई स्वीकार्दै साझेदारीको हात अगाडि बढाउने धनगढी उपमहानगरपालिका र नगरप्रमुख गोपाल हमाल ज्यूलाई विशेष धन्यवाद दिन चाहान्छु । नेपाली क्रिकेटको विकासका लागि स्थानीय तहसँगको सहकार्यमा हुन लागेको यो कार्यक्रम मोडेलका रुपमा स्थापित भएको छ । भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय खेल्ने खेलाडी उत्पादन गर्ने लक्ष्य लिइएको यस कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँन चाहान्छौं,’ शाहीले भने । 

धनगढीलाई क्रिकेटको शहरका रुपमा स्थापित गर्न गो ड्रिमर्सको टिमले विगतदेखि नै धनगढी क्रिकेट लिग हुँदै धनगढी प्रिमियर लिगसम्मका व्यवसायिक क्रिकेट प्रतियोगिताहरु, नेपालमै पहिलो पटक क्रिकेट खेलाडीको अक्सन, धनगढी एफसीलाई लगातार दुईपटक नेपाल सुपर लिगको उपविजेता बनाइसकेको गो ड्रिमर्सले धनगढीलाई ग्लोबल सिटीका रुपमा विकास गर्न निरन्तर भूमिका निर्वाह गरिरहेको छ । 

उपमहानगरपालिकासँग भएको ग्रासरुट लेभलको क्रिकेट विकास कार्यक्रम थुप्रै प्रतिभावान खेलाडीहरु रहेको सुदूरपश्चिम प्रदेशका लागि वरदान सावित हुने विश्वास लिएको शाहीले बताए । यस कार्यक्रममा सामुदायिक विद्यार्थीहरुका विद्यार्थीहरुलाई क्रिकेटका आधारभूत कुराहरु सिकाउन, उनीहरुको क्षमता अभिवृद्धि गर्न, खेलप्रतिको लगाव बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

समझदारी अुनसार दुई विद्यालयमा क्रिकेटका आधारभूत संरचनाको विकास गर्दै क्रिकेट प्रशिक्षकको व्यवस्था गरि नियमित प्रशिक्षण दिलाइने भएको छ । 
 

Bajaj Pulsar Motorcycle Ad
#धनगढीमा ग्रासरुट क्रिकेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

नेपालले एसियाली डजबल च्याम्पियनसिप खेल्ने

Bajaj Pulsar Motorcycle Ad
२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

२२ वर्षपछि बंगलादेशले घरेलु मैदानमा भारतलाई हरायो

नेपालको लगातार पाँचौं हार

नेपालको लगातार पाँचौं हार

विराटनगरको सानदार जित

विराटनगरको सानदार जित

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

लालीगुराँसले जित्यो प्रेसिडेन्ट लिग

चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने