काठमाडौं । त्रिभुवन आर्मी क्लबले एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशमाथि सहज जित निकालेको छ ।
बिहीबार भएको खेलमा आर्मीले कोशीमाथि ९ विकेटले हराएको हो ।
मुलपानी क्रिकेट मैदानमा कोशीले दिएको ८९ रनको लक्ष्य पछ्याएको आर्मीले ९ ओभर ५ बलमा १ विकेट गुमाउँदै पूरा गर्यो ।
आर्मीको जितमा लागि इमरान सेख र सन्तोष कार्कीले समान ३२–३२ रन बनाए ।
त्यस्तै कुशल मल्लले नटआउट २२ रन बनाए । कोशीका लागि सुजन थपलियाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कोशीले २४ ओभर ४ बलमा ८८ रन बनाएर अल आउट भएको थियो ।
कोशीका लागि अंकित सुवेदीले सर्वाधिक ४१ रन बनाए । कोशीका लागि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आर्मीका साहब आलमले ६ ओभर ४ बलमा ६ विकेट लिए । त्यस्तै कुशल मल्लले दुई विकेट लिँदा सोमपाल कामी र विवेक यादवले एक–एक विकेट लिए ।
आर्मीको यो दोस्रो जित हो । यता कोशीको यो लगातार चौथो हार हो ।