इङ्ल्यान्डविरुद्धको टेस्ट सिरिजका लागि भारतको टोली घोषणा

काठमाडौं । इङ्ल्यान्डविरुद्धको पहिलो दुई टेस्ट खेलका लागि भारतले आफ्नो टोली घोषणा गरेको छ । घरेलु मैदानमा हुने आईसीसी विश्व टेस्ट च्याम्पियनसिप शृंखलाको पहिलो दुई खेलका भारतले रोहित शर्माको कप्तानीमा टोलीको घोषणा गरेको हो ।
भारतले घोषणा गरेको टोलीमा चार स्पिनरहरू रविचन्द्रन अश्विन, रवीन्द्र जडेजा, अक्षर पटेल र कुलदीप यादवलाई राखेको छ ।
भारतले टोलीमा किशनको अनुपस्थितिमा अनक्याप्ड विकेटकिपर ब्याट्सम्यान ध्रुव जुरेललाई टोलीमा राखेको छ । केएल राहुल र केएस भरत टोलीमा अन्य विकेटकिपर छन् ।
जुरेल चार वर्षअघि आईसीसी यू–१९ पुरुष क्रिकेट विश्वकपको फाइनलमा पुग्ने भारतीय यू–१९ टोलीका उपकप्तान थिए । पाँच खेलको टेस्ट सिरिज २५ जनवरीदेखि हैदरावादमा सुरु हुँदैछ ।
भारतको टेस्ट टोलीः
रोहित शर्मा (कप्तान), शुभमन गिल, यशस्वि जैसवाल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेट किपर), केएस भरत (विकेट किपर), ध्रुव जुरेल (विकेट किपर), रविचन्द्रन अश्विन, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद सिराज, मुकेश कुमार, जसप्रित बुमराह (उपकप्तान), आवेश खान













-1763309767672.webp&w=3840&q=75)


