भारतलाई एक खेल अघि सिरिज
काठमाडौं । सिभम दुबे र एजस्वी जैसवालको उत्कृष्ट प्रदर्शनमा भारतले अफगानिस्तानविरुद्ध तीन खेलको टी–ट्वान्टी सिरिज एक खेल अघि नै जितेको छ । भारतले शनिबार भएको दोस्रो टी–ट्वान्टीमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै तीन खेलको सिरिज २–० ले जितेको छ ।
अफगानिस्तानले दिएको १७३ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
भारतका लागि जैसवाल र दुबेले अर्धशतकीय पारी खेले । जैसवालले ६८ रन बनाउँदा दुबेले ६३ रन बनाए ।
अफगानिस्तानका लागि करिम जन्नतले दुई विकेट लिँदा फाजलहुक फारुकी र नविन उल हकले एक एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १७२ रन बनाएको थियो ।
अफगानिस्तानका लागि गुल्बदिन नायबले ५७ रनको अर्धशतकीय पारी खेले । त्यसतै नवजउल्ला जर्दानले २३ रन बनाउँदा मुजिव उर रहमानले २१ रन बनाए ।
भारतले पहिले खेलमा ६ विकेटको जित निकालेको थियो ।













-1763309767672.webp&w=3840&q=75)


