महिला प्रिमियर कप : २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । एसीसी महिला प्रिमियर कप प्रतियोगिताको तयारी लागि नेपाल क्रिकेट संघ (क्यान)ले २४ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
क्यानले आइतबार प्रशिक्षणका लागि प्रधानमन्त्री कपबाट छनोट भएका खेलाडीहरुलाई समेट्दै महिला टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।
प्रतियोगिता फ्रेब्रुअरी ९ देखि १८ सम्म मलेसियामा हुनेछ । प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भुटान, यूएइ, बहराइन, इन्डोनएसिया, मलेसियाको सहभागिता छ ।
त्यस्तै ओमान, कुवेत, सिंगापुर, जापान, कतार, माल्दिभ्स, चाइना, म्यानमारको सहभागिता हुनेछ ।
बन्द प्रशिक्षणमा सहभागि खेलाडीहरु :
इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सीता राणा मगर, काजोल श्रेष्ठ, सबनम राई, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, लक्ष्मी साउद, डल्ली भट्ट, अस्मिना कर्माचार्य, सोनी पाखरिन, यशोदा बिस्ट, खुशी डंगोल, रोमा थापा, सोमु बिष्ट, ममता चौधरी, पुजा महतो, आरती महतो, ज्योत्स्निका मरासिनी र लक्ष्मी चौधरी













-1763309767672.webp&w=3840&q=75)


