स्कटल्यान्ड यू–१९ माथि नेपालको सहज जित
शनिबार, पुष २८, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपालले आइसीसी यू–१९ विश्वकप अघि आधिकारीक वार्मअप खेलमा स्कटल्यान्डलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७ विकेटले हराएको छ ।
दक्षिण अफ्रिकामा ११५ रनको लक्ष्य पछ्याएको नेपालले २९ ओभर १ बलमा ९९-३ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो ।
वर्षा हुनु अघि नेपालका अर्जुन कुमाल ३३ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले २९ रन बनाए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको स्कटल्याण्डले ४४ ओभर ४ बलमा सम्पुर्ण विकेट गुमाउँदै ११४ रन बनाएको थियो ।
बलिङतर्फ नेपालका गुलशन झा र तिलक भण्डारीले तीन तीन विकेट लिए ।
नेपालले अन्तिम वार्मअप खेल मंगलबार वेस्टइन्डिजसँग खेल्नेछ ।













-1763309767672.webp&w=3840&q=75)


