मधेश क्रिकेट लिग आयोजना हुने
शुक्रबार, पुष २७, २०८०नवराज चौलागाई

निजगढ । मधेश प्रदेश क्रिकेट संघले यस वर्षदेखि मधेश क्रिकेट लिग आयोजना गर्ने भएकोछ ।
मधेश प्रदेश क्रिकेट संघको बुधबार सप्पन्न पाँचौ बोर्ड बैठकको निर्णय आज (शुक्रबार) सार्वजनिक गर्दै मधेश क्रिकेट लिग गर्ने बताए ।
त्यस्तै मधेश प्रदेश विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएकोछ ।
बैठकले पवन दाशलाई मधेश प्रदेशको डेभलपमेन्ट अधिकृतमा चयन गरेको छ । त्यस्तै अनिल चौगाईको संयोजकत्वमा ३ सदस्यीय टेक्निकल कमिटीको समेत गठन गरिएको छ ।
टेक्निकल कमिटीको सदस्यहरुमा मुकेश साह र निरज सिंह रहेकाछन । बैठकले यू–१९ मुनिको महिला टिम छनोटको लागी जलेश्वरमा बन्द प्रशिक्षण गराउने निर्णय गरेको छ ।









-1763309767672.webp&w=3840&q=75)





