प्रधानमन्त्री कपका लागि पुलिसको टोली घोषणा

काठमाडौं । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ ।
केही महिना अघि घाइते भएका दिपेन्द्रले प्रधानमन्त्री कपबाट पुनरागमन गर्ने भएका छन् । पुलिसको टोलीमा करण केसी, कुशल भुर्तेल पनि टिममा रहेका छन् ।
पुलिस क्लबको प्रशिक्षकको रुपमा अञ्जित श्रेष्ठ रहेका छन् । उनी पुलिसका पूर्व कप्तान पनि हुन् ।
प्रधानमन्त्री कप शनिबार देखि त्रिवि मैदानमा सुरु हुँदैछ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली रहेका छन् ।
प्रतियोगिता राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
पुलिसको टोली :
दिपेन्द्र सिँह ऐरि (कप्तान), कुशल भुर्तेल, करण केसी, ललित राजवंशी, आरिफ शेख, अर्जुन साउद, दिलिप नाथ, अमित श्रेष्ठ, रोशन बुढाल, सुनिल धमला,सागर ढकाल, शंकर राना, राशिद खान र ललित भण्डारी ।









-1763309767672.webp&w=3840&q=75)





