एसीसी प्रिमियर कप ओमानमा हुने

काठमाडौं । एसीसी प्रिमियर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता ओमानमा हुने भएको छ ।
एसियन क्रिकेट काउन्सील (एसिसी) ले प्रिमियर कप आगामी अप्रिलमा ओमानमा हुने भएको जनाएको छ । एसीसीले आफ्नो क्यालेन्डरमा प्रतियोगिताको तालिका सर्वाजनिक गरेको हो ।
प्रतियोगिता अप्रिल १० देखी २३ सम्म ओमानमा हुने छ । एसीसी प्रिमियर कप टी–ट्वान्टी विश्वपक अघि हुनेछ । नेपालले यो पटक पनि भरत, श्रीलंक र पाकिस्तान जस्ता ठूला टिमहरुसँग खेल्ने अवसर छ ।
एसीसी कप प्रतियोगिता विजेताले एसिया कप खेल्नेछ ।
एसिसी प्रिमियर कपमा नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, कतार, युएई र छनोटबाट आउने दुई टोली हुनेछन् ।
त्यस्तै डिसेम्बरमा यू–१९ एसिया कप हुने भएको छ । जसमा नेपालले पनि भाग लिनेछ ।
त्यस्तै एसीसी महिल प्रिमियर कप पनि फ्रेब्रवरी देखि मलेसियामा हुने भएको छ । जसमा नेपालले बहराइन, कुवेत, हङकङ, जपान जस्ता टिमसँग खेल्नेछ ।
यस्तो छ, एसीसीको क्यालेन्डर :










-1763309767672.webp&w=3840&q=75)





