अब स्मिथ ओपनरमा आउने
बिहिबार, पुष २६, २०८०खेलपाटी संवाददाता

एजेन्सी । स्टिभ स्मिथले डेभिड वार्नरको स्थानमा अस्ट्रेलियाको टेष्ट टिममा ओपनरको भूमिका निभाउने भएको छन् ।
स्मिथले हालसम्म १६ वर्षको क्रिकेट करियरमा ओपनिङ नगरेको भएपनि अब टेष्ट ओपनरमा आउने भएका हुन् ।
३४ वर्षिय स्मिथले १७ जनवरीदेखि एडिलेडमा हुने वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा उस्मान ख्वाजासँगै ओपनिङ गर्नेछन् ।
स्मिथले १०५ टेस्ट सहित १६७ प्रथम श्रेणी खेलमा कहिल्यै ओपनिङ गरेका छैनन् ।
अष्ट्रेलियाका टिम छनोट कर्ता जर्ज बेलीले टिम भित्र धेरै विकल्प भएपनि आफूले स्मिथलाई नै मुख्य विकल्प देखेको बताए । ओपनरको रुपमा भने जान धेरैले नचाहेको बताए ।
‘टिम भित्र धेरै खेलाडीहरु विकल्पको रुपमा थिए । त्यसमा मुख्य विकल्प भएकाहरु ओपनरको रुपमा जान चाहेनन् । मेरो नजर स्मिथमा पुग्यो,’ बेलीले भने ।









-1763309767672.webp&w=3840&q=75)





