पर्सालाई प्रधानमन्त्री कप छनोटको उपाधि

निजगढ । मधेस प्रदेश स्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि पर्साले जितेको छ ।
बिरगंजको नारायणी रंगशालामा बुधबार सम्पन्न फाइनलमा बारालाई १५ रनले हराउँदै पर्सा छनोट प्रतियोगिताको विजेता बनेको हो।
खराब मौसमको कारण २३ ओभरमा छोट्याईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पर्साले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो ।
पर्साका हसिम अन्सारीले २६ बलमा २८ रन बनाए ।
बाराका कप्तान अनिल साहले सर्वाधिक ५ विकेट लिए । अनिलले १५ रन मात्र खर्चिएर ५ विकेट हात पारे । भुलवन सहनी र शंकर पौडेलले समान २-२ विकेट लिए ।
१ सय ३३ रनको लक्ष्य सहित मैदान उत्रिएको बाराले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो । बाराका युवा ब्याटर निरज यादवले ५८ बलमा ४७ रन बनाए ।
पर्साका सोनु शर्माले २५ रन मात्र खर्चिएर ३ विकेट हात पारे । फाइनल खेलको प्लेयर अफ द म्याच पर्साका सोनु शर्मा भए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी धनुषाका हरिशंकर साह बने । त्यस्तै, उत्कृष्ट ब्याटर बाराका अरनिको यादव, उत्कृष्ट बलर पर्साका साम्सद अन्सारी भए ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको टोली छनोट हुने यस प्रतियोगितामा मधेसका ८ वटा जिल्लाले सहभागिता जनाएका थिए ।









-1763309767672.webp&w=3840&q=75)





