काठमाडौं । बलात्कार अभियोगमा दोषी ठहर भएका सन्दीप लामिछानेको सजाय आज बुधबार तोकिदैछ ।
काठमाडौं जिल्ला अदालतले बलात्कारको मुद्धामा सन्दीपलाई दोषी ठहर गरेको थियो ।
पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई पुस २५ गते सजाय निर्धारण गर्ने आदेश गरिएको थियो ।
अदालतले पीडितको उमेर १८ वर्ष पुगेको ठहर गर्दै पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाएर करणी गरेको फैसला गरेको थियो ।
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐनको व्यवस्थाका आधारमा सजाय तोक्नका लागि बुधबार पेश राखिएको हो । तीन वर्ष वा सो भन्दा बढी जेल सजाय हुने मुद्धामा कसुल निर्धारणका लागि छुट्टै पेशी तोकेर सजाय निर्धारण गर्ने व्यवस्था रहेको छ ।
ऐनमा १८ वर्ष वा सो भन्दा बढी उमेरको बलात्कारको मुद्धामा सातवर्षदेखि १० वर्षको कैद सजायको ब्यवस्था छ ।
काठमाडौंदेखि नगरकोट गएर फेरी काठमाडौं फर्किएर होटलमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालती आदेशमा उल्लेख छ ।
पीडित बालिकाले २०७९ भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा सन्दीपमाथिको मुद्धा प्रकृया अघि बढेको थियो ।