यस्तो छ, विश्वकप अघि नेपाल यू–१९ टोलीको ‘वार्म अप’ खेल तालिका
मंगलबार, पुष २४, २०८०खेलपाटी संवाददाता

काठमाडौं । नेपाली यू–१९ क्रिकेट टोली अहिले आईसीसी यू–१९ विश्वकप क्रिकेटको लागि दक्षिण अफ्रिकामा छ ।
नेपाली टोलीले दक्षिण अफ्रिकामा विश्वकप अघि दुई अफिसियल वार्म अप खेलहरु खेल्दैछ ।
यसअघि नेपालले सोमबार अन अफिसियल वार्म अप खेलमा स्कटल्यान्डलाई १३५ रनले हराएको थियो ।
उक्त खेलमा नेपालका अलराउन्डर गुलशन झाले शतक बनाएका थिए ।
अब नेपालले जनावरी १३ मा स्कटल्यान्डसँग पहिलो अफिसियल वार्म अप खेल खेल्दैछ ।
त्यस्तै जनावरी १६ मा नेपालले वेस्ट इन्डिजसँग दोस्रो तथा अन्तिम वार्म अप खेल खेल्ने भएको हो ।









-1763309767672.webp&w=3840&q=75)





