गुलशनको शतकमा स्कटल्यान्डलाई २८५ रनको लक्ष्य
सोमबार, २३ पौष २०८०खेलपाटी संवाददाता

काठमाडौं । गुल्शन झाको शतकमा नेपाली यू–१९ क्रिकेट टोलीले स्कटल्यान्ड यू–१९ टोलीलाई २८५ रनको लक्ष्य दिएको छ ।
नेपालले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै २८४ रन बनाएको हो ।
नेपालका लागि गुल्शनले शतकीय पारी खेले । उनले ११५ बलमा ११४ रन बनाए ।
नेपालका लागि दिपक बोहोराले ५८ रनको अर्धशतकीय पारी खेले ।
नेपाली टोली अहिले दक्षिण अफ्रिकामा विश्वकपको तयारीमा रहेको छ ।





-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)





