पुलिसलाई हराउँदै एपीएफ सेमिफाइनलमा
सोमबार, २३ पौष २०८०खेलपाटी संवाददाता

कामठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ सेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
पहिलो सेट २५–१७ मा जितेको एपीएफले दोस्रो सेटमा २५–१५ जित निकाल्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको तेस्रो सेटमा पुलिस क्लबले २५–२२ ले आफ्नो पक्षमा पार्यो ।
चौथो सेटमा एपीएफले २५–२० को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
प्रतियोगितामा तीन विभागीय सहित दश टोलीको सहभागिता छ । दश टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
जितसँगै समूह ‘ए’ मा रहेको एपीएफले ३ खेलबाट ९ अंक जोडेको छ । पराजित पुलिसको ३ खेलबट ६ अंक छ ।
APF









-1764294451367.webp&w=3840&q=75)
-1764236044054.jpeg&w=3840&q=75)
-1764209252132.webp&w=3840&q=75)
-1764208683062.webp&w=3840&q=75)



%20(1)-1764163746521.jpeg&w=3840&q=75)