काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अफगानिस्तानविरुद्ध तीन म्याचको टी ट्वान्टी सिरिजका लागि भारतीय टिमको घोषणा गरेको छ ।
टिममा विराट कोहली, रोहित शर्मा र सन्जु सामसनले स्थान बनाएका छन् ।
रोहित र विराट झण्डै १४ महिनापछि टिममा फर्किएका हुन् । रोहितलाई कप्तान बनाईएको छ । चोटका कारण हार्दिक पाण्डेया र सूर्यकुमार यादव सिरिज बाहिर छन् । मोहम्मद सिराज र जसप्रीत बुमराहलाई आराम दिईएको छ ।
भारतीय टिमले आगामी जुनमा टी ट्वान्टी विश्वकप समेत खेल्दैछ । विश्वकप अघि भारतीय टिमको अन्तिम टी ट्वान्टी अन्तराष्ट्रिय सिरिज रहेको छ ।
अफगानिस्तानविरुद्धको टी ट्वान्टी सिरिज लगत्तै भारतले घरेलु मैदानमा इङ्ल्याण्डसँग म्याच म्याचको टी ट्वान्टी सिरिज खेल्नेछ । त्यसपछि इन्डियन प्रिमियर लिगमा खेलाडी ब्यस्त रहनेछन् । त्यसपछि विश्वकप क्रिकेट सुरु हुनेछ ।
रोहित र विराटको आगमनसँगै आसन्न विश्वकपमा दुवै खेलाडीले खेल्ने सम्भावना प्रवल बनेको छ । बाँकी खेलाडीको स्थान यस सिरिज र आईपीएलको प्रर्दशनको आधारमा तय हुन सक्नेछ ।
सिरिजको पहिलो खेल जनवरी ११ मा मोहालीमा हुनेछ । दोस्रो खेल इन्दोरमा जनवरी १ र तेस्रो खेल चिन्नास्वामी स्टेडियममा जनवरी १७ मा हुनेछ ।
भारतीय टिम : रोहित शर्मा, शुभमन गिल, यशस्वी जयसवाल, विराट कोहली, तिलक वार्म, रिंकु सिंह, जितेश शर्मा, सन्जु सेमसन, शिवम दुबे, बासिङगटन सन्दुर, अक्षर पटेल, रवि बिश्रोई, कुलदीप यादव, अर्शदीप सिंह, आवेश खान र मुकेश कुमार ।