काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिकाका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार प्रतियोगिताको तालिकाका सार्वजनिक गरेको हो ।
प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म हुनेछ । क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता मुलपानी र त्रिवि क्रिकेट मैदान र सिद्धार्थ रंगशालामा हुनेछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनल खेल्नेछन् ।
यस्तो छ, खेल तालिका :
