काठमाडौं । आईसीसी पुरुष यू–१९ विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार दक्षिण अफ्रिकामा हुने यू–१९ विश्वकपका लागि देव खनालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
यू–१९ विश्वकप जनावरी १९ देखि फेब्रुअरी ११ सम्म दक्षिण अफ्रिकामा हुँदैछ ।
नेपाली टोली :
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, बिशाल विक्रम के.सी, सुभाष भण्डारी, दिपक बोहरा, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द