काठमाडौं । इन्दु ब्रमाको अर्धशतकको सहयोगमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा कोशी प्रदेशलाई ११५ रनको लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनायो ।
एपीएफका लागि इन्दुले ५३ रनको अर्धशतकीय पारी खेलिन् । ४७ बल खेलेकी उनले ६ चौका र १ छक्का प्रहार गरिन् । एपएिफका लागि ज्वती पाण्डेले २७ रन बनाउँदा रोमा थापा १४ तथा सरिता मगरले ९ रनको योगदान गरिन् ।
बलिङतर्फ कोशीका लागि अप्सरी बेगमले ह्याट्रिक विकेट लिइन् । उनले अन्तिम ओभरमा तीन विकेट लिइन् । त्यस्तै अलिशा खाडियाले दुई विकेट लिँदा रुविना क्षेत्री र निशा शाहले एकएक विकेट लिइन् ।
आजको खेलमा दुबै टोली उपाधिका लागि आफ्नो शत प्रतिशत दिनेछन् । पहिलो क्वालिफायर्समा कोशी एपीएफसँग पराजित भएको थियो ।