काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा विभागीय टोली एपीएफ र कोशी प्रदेश प्रतिस्पर्धा गर्दैछन् ।
त्रिवि क्रिकेट मैदानमा एपीएफले टस जितेर पहिले ब्याटिङ रोजेको छ । कोशीले केही बेरमा एपीएफविरुद्ध बलिङ गर्नेछ ।
विभागी टोली एपीएफ घरेलु महिला क्रिकेटमा बलियो टोलीको रुपमा मानिन्छ । उसोत दाङमा तीन वर्ष पहिले भएको यही प्रतियोगितामा एपीएफलाई हराउँदै कोशी प्रदेशले उपाधि जितेको थियो ।
आजको खेलमा दुबै टोली उपाधिका लागि आफ्नो शत प्रतिशत दिनेछन् । पहिलो क्वालिफायर्समा कोशी एपीएफसँग पराजित भएको थियो ।