काठमाडौं । विभागी टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ ।
आइतबार भएको पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलमा पुगेको हो ।
त्रिवि क्रिकेट मैदामनमा एपीएफले जितको लागि दिएको १४० रन लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रन बनायो ।
कोशीको लागि अप्सरी बेगमले सर्वाधिक ३१ रनको योगदान गरिन् । त्यस्तै रुविना क्षेत्रीले २२ रन बनाउँदा लखिता राजवंशीले १४ बनाइन् ।
बलिङतर्फ एपीएफका लागि रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले १–१ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै १३९ रन बनाएको थियो । एपीएफको जितमा इन्दु बर्माले अविजित ५६ रनको अर्धशतकीय पारी खेलिन् ।
त्यस्तै रोमा थापाले अविजित १८ रन बनाउँदा सीता रानामगरले ४५ रनको योगदान गरिन् ।
बलिङतर्फ कप्तान रुविना क्षेत्रीले एक विकेट लिइन् । कोशीले अव एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ ।