शुक्रबार, २० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. लन टेनिस
Loading ad...
Bhat Bhateni Supermarket Ad

उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने

शनिबार, १४ पौष २०८०खेलपाटी संवाददाता
उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने
Loading ad...
mustang rice ad

पोखरा । पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नम्बर एक प्रदिप खड्का र पूर्व नेपाल नम्बर एक संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । 

कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्त पक्का गरेका हुन् । 

शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतीय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे । पहिलो सेट ३–६ ले अभिनन्सुलाई सुम्पिएका प्रदिपले दोश्रो सेटमा सम्हालिएर खेल्दै ६–२ आफ्नो पक्षमा पार्दै खेल बराबरीमा ल्याए । अन्तिम सेटमा प्रदिपले अभिनन्सुलाई ६–४ ले पछि पार्दै फाइनलमा स्थान पक्का गरे । 

मेन्स सिंगल्सतर्फ नै भएको सेमीफाइनलमा पूर्व नम्बर एक संरक्षकले २–० को सोझो सेटमा ऋतिक रानालाई पराजित गरे । पहिलो सेट ६–२ र दोश्रो सेट ६–३ ले जित्दै ऋतिकको फाइनल पुग्ने सपनालाई संरक्षकले विफल पार्दै उपाधि भिडन्तमा प्रदिप संग भेट पक्का गरे । 

यता महिला सिंगल्सतर्फ नेपाल नम्बर एक तथा १९ औं माछापुच्छ्रे महिलातर्फकी उपाधि विजेता अभिलाषा विष्टले माहिका रानालाई २–१ को सेटमा पराजित गरी फाइनलमा स्थान सुरक्षित गरेकी छन् । पहिलो सेट ६–३ ले सहज जित हात पारेकी अभिलाषाले दोश्रो सेट भने माहिकालाई ४–६ ले सुम्पिइन् । तर अन्तिम सेट भने अभिलाषाले ६–१ ले सहज जित हात पारिन् । अभिलाषाको भेट फाइनलमा सुनिरा थापासंग हुनेछ । सेमीफाइनलमा रायना शाहविरुद्ध संघर्षपूर्ण खेलमा सुनिराले ६–३, ६–७ र ७–५ ले जितेकी हुन् । 

मेन्स डबल्सको उपाधि सरंक्षक र सम्यकले जिते
पोखरा ओपन मेन्स डबल्सतर्फको उपाधि संरक्षक भुषण बज्रचार्य र सम्यक भुषण बज्रचार्यको जोडीले जितेको छ । उनीहरु सहोदर दाजु भाई हुन् । फाइनल भिडन्तमा संरक्षक र सम्यकले भारतीय खेलाडी जोडी अभिनन्सु ठाकुर र सिद्धान्त डेकालाई सोझो सेटमा ७–५, ६–४ ले हराउँदै उपाधि जितेका हुन् । 

६५ वर्ष माथी फाइनलमा मनोजको जित
भेट्रान्स ६५ वर्ष माथी सिंगल्स फाइनल खेल मनोज राणाले जितेका छन् । विदुर विष्टविरुद्ध फाइनल भिडन्तमा मनोजले ४–१, ४–० को सहज जित हात पारे । उनले जित संगै नगद १५ हजार र उपविजेता बिदुरले नगद ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारेका छन् । 

३५ वर्ष माथी भेट्रान्स सिंगल्सको फाइनलमा सन्तोष खत्री र पूर्व नेपाल नम्बर एक कमल भण्डारी भिड्ने पक्का भएको छ । शनिबारनै भएको सेमीफाइनलमा सन्तोषले पूर्व नम्बर एक जितेन्द्र परियारलाई सुपर टाई म्याचमा ४–६, ६–३ र १०–८ ले जित निकाल्दा कमलले अनिल साईविरुद्ध ६–४, ७–५ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाए । 

डबल्समा अनिल र सिमान्तलाई उपाधि
३५ वर्ष माथीको डबल्समा अनिल शाही र सिमान्त गुरुङको जोडीले जितेको छ । फाइनलमा जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ७–६, ६–१ ले पराजित गरी उपाधि जितेको हो ।  

४५ वर्ष माथी भेट्रान्स सिंगल्सको फाइनलमा रोहीत सुनुवार र महेश श्रेष्ठले उपाधि भिडन्त पक्का गरेका छन् । रोहितले सेमीफाइनलमा प्रदिप शाहलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरे भने अर्को सेमीफाइनल खेलमा महेशले गोपी भट्टराईलाई ६–० र ६–२ ले पराजित गरेका थिए । सोही उमेर समुहको डबल्समा चन्द्र शाही र महेश श्रेष्ठको जोडीले आशिष सिग्देल र निमा लामाको जोडीलाई ६–३, ६–४ ले पाखा लगाउँदै फाइनलमा पुगेका छन् । 

त्यस्तै ५५ वर्षमाथी भेट्रान्स सिंगल्सको फाइनलमा जिवन घिमिरे र बिमल गुरुङले फाइनलमा स्थान पक्का गरेका छन् । जिवन घिमिरेले समिर शेरचनलाई ६–०, ६–१ को सोझो सेटमा सेमीफाइनलमा पराजित गर्दा भारतिय खेलाडी थोङवाम तुलेश्वरलाई ७–६, ६–३ ले हराउँदै बिमलले फाइनल यात्रा शुरक्षित गरे । सोही उमेर समुहको डबल्समा कृष्णराज घले र सूवर्ण ढाक्वाको जोडीले ६–४, ६–२ ले विमल कुमार गुरुङ र जोली टार्गेनलाई पराजित गरी उपाधि नजिक पुगे । 

प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसका अध्यक्ष लोक बहादुर गुरुङले जनाएका छन् ।

Loading ad...
LiNing Ad
#प्रदिप र संरक्षक भिड्ने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

श्रीलंकामा शिभालीलाई एक स्वर्ण, एक रजत

शिभालीको जोडीलाई स्वर्ण

शिभालीको जोडीलाई स्वर्ण

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

अष्ट्रेलियन एलिट ट्रफीमा चौथो भइन् शिभाली

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फेरि हार्‍यो चेन्नई

फेरि हार्‍यो चेन्नई

बंगलादेशलाई  दोस्रो पटक उपाधि

बंगलादेशलाई दोस्रो पटक उपाधि

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

एनकेएलसँग सहकार्य गर्दै नेपहपको श्रीपेच

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

खेल्न पाउने अधिकार सुनिश्चित गरियोस् : रेखा

चर्चामा लुकाकु

चर्चामा लुकाकु

सनको प्रदर्शन खस्किएको हो?

सनको प्रदर्शन खस्किएको हो?

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

रियललाई हराउँदै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा