• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
डिफेन्डिङ च्याम्पियन दिनेश क्वाटरफाइनलमा 
खेलपाटी संवाददाता
बुधबार, पुस ११, २०८० खेलपाटी संवाददाता
डिफेन्डिङ च्याम्पियन दिनेश क्वाटरफाइनलमा 

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन्।

दिनेशसँगै पहिलो वरियताका भुवन नगरकोटी, चौथो वरियताका जयराम श्रेष्ठ, पाँचौ वरियताका सञ्जय लामा, छैटौ वरियताका रबि खड्का, सातौं वरियताका रामे मगर, नवौं वरियताका भुवन कुमार रोक्का र १५ औं वरियताका प्रदीप कुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फर्म्याटमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा तेस्रो वरियताका दिनेश प्रजापतिले अनुभवी गल्फर तोरण विक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८ औं होलमा पराजित गरे। उनले अब क्वाटरफाइनलमा छैटौं वरियताका रबि खड्कासँग प्रतिस्पर्धा गर्नेछन्। रबि खड्काले भने ११औं वरियताका रमेश अधिकारीलाई ३/२ ले माथ दिंदै अन्तिम आठमा स्थान पक्का गरे। 

पहिलो वरियताका भुवन नगरकोटीले १६ औं वरियताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए। भुवनले भोलि क्वाटरफाइनलमा नवौं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रुपमा भेट्टाएका छन्। भुवन कुमार रोक्काले भने आठौं वरियताका धन बहादुर थापालाई १८ औं होलमा पराजित गरे। 

दोस्रो वरियताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन्। धरानका प्रो नीरजलाई १५ औं वरियताका प्रदीप कुमार लामाले कडा चुनौती मात्र दिएनन्, उनले १८ औं होलमा खेल जित्दै क्वाटरफाइनलमा आफ्नो नाम सुरक्षित गरे। प्रदीपले अब क्वाटरफाइनलमा सातौं वरियताका रामे मगरको सामना गर्नेछन्। भेट्रान प्रो रामे मगरले आज १० औं वरियताका सूर्य प्रसाद शर्मालाई ४/३ ले हराए। 

चौथो वरियताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे। उनले १३औं वरियताका दीपक मगरलाई ७,६ ले पराजित गरे। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन्। सञ्जयले १२ औं वरियताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे। 

सिजनको कुल आठ मध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने नियम रहेको छ।  

कुल २ लाख ५० हजार नगद पुरस्कार‌ राशीको प्रतियोगितामा आज पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६-६ हजार प्राप्त गर्नेछन्।  क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन्। विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। 

क्वाटरफाइनल र सेमिफाइनल खेलहरु बिहिबार हुनेछ। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
कोर्स रेकर्डसहित शुक्रलाई उपाधि
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
एक पेनाल्टीले चकनाचुर भयो प्यालेस्टाइनको विश्वकप सपना
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
लिग च्याम्पियन चर्च ब्वाइजसहित १६ क्लबले महिला फुटबल लिग छनोट खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
टेलले अब टोटनह्यामबाटै खेल्ने
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
बलियो नेदरल्यान्ड्सलाई नेपालको चुनौती
प्रभावशाली बायर्न
प्रभावशाली बायर्न
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP