सोमबार, १९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. गल्फ
Bhat Bhateni Supermarket Ad

डिफेन्डिङ च्याम्पियन दिनेश क्वाटरफाइनलमा 

बुधबार, ११ पौष २०८०खेलपाटी संवाददाता
डिफेन्डिङ च्याम्पियन दिनेश क्वाटरफाइनलमा 
mustang rice ad

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको पहिलो दिन डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति क्वाटरफाइनलमा प्रवेश गर्दा दोस्रो वरियताका नीरज तामाङ पहिलो चरणबाटै बाहिरिएका छन्।

दिनेशसँगै पहिलो वरियताका भुवन नगरकोटी, चौथो वरियताका जयराम श्रेष्ठ, पाँचौ वरियताका सञ्जय लामा, छैटौ वरियताका रबि खड्का, सातौं वरियताका रामे मगर, नवौं वरियताका भुवन कुमार रोक्का र १५ औं वरियताका प्रदीप कुमार लामा पहिलो चरणको खेल जित्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका छन्।

रोयल नेपाल गल्फ क्लबमा म्याच प्ले फर्म्याटमा भएको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन तथा तेस्रो वरियताका दिनेश प्रजापतिले अनुभवी गल्फर तोरण विक्रम शाहीलाई प्रतिस्पर्धात्मक खेलमा १८ औं होलमा पराजित गरे। उनले अब क्वाटरफाइनलमा छैटौं वरियताका रबि खड्कासँग प्रतिस्पर्धा गर्नेछन्। रबि खड्काले भने ११औं वरियताका रमेश अधिकारीलाई ३/२ ले माथ दिंदै अन्तिम आठमा स्थान पक्का गरे। 

पहिलो वरियताका भुवन नगरकोटीले १६ औं वरियताका रामकृष्ण श्रेष्ठलाई ५/४ को सहज नतिजामा हराए। भुवनले भोलि क्वाटरफाइनलमा नवौं वरियताका भुवन कुमार रोक्कालाई प्रतिद्वन्द्वीको रुपमा भेट्टाएका छन्। भुवन कुमार रोक्काले भने आठौं वरियताका धन बहादुर थापालाई १८ औं होलमा पराजित गरे। 

दोस्रो वरियताका नीरज तामाङ भने अप्रत्याशित रूपमा पहिलो चरणबाटै बाहिरिएका छन्। धरानका प्रो नीरजलाई १५ औं वरियताका प्रदीप कुमार लामाले कडा चुनौती मात्र दिएनन्, उनले १८ औं होलमा खेल जित्दै क्वाटरफाइनलमा आफ्नो नाम सुरक्षित गरे। प्रदीपले अब क्वाटरफाइनलमा सातौं वरियताका रामे मगरको सामना गर्नेछन्। भेट्रान प्रो रामे मगरले आज १० औं वरियताका सूर्य प्रसाद शर्मालाई ४/३ ले हराए। 

चौथो वरियताका जयराम श्रेष्ठले सबैभन्दा सहज जित दर्ज गरे। उनले १३औं वरियताका दीपक मगरलाई ७,६ ले पराजित गरे। जयरामले क्वाटरफाइनलमा पाँचौ वरियताका सञ्जय लामासँग प्रतिस्पर्धा गर्नेछन्। सञ्जयले १२ औं वरियताका शिवराम पौडेललाई ५/३ को नतिजामा पराजित गरे। 

सिजनको कुल आठ मध्ये यो प्रतियोगितामा गत सिजन‌ अर्डर अफ मेरिटमा पर्न सफल उत्कृष्ट १६ खेलाडीले खेल्न पाउने नियम रहेको छ।  

कुल २ लाख ५० हजार नगद पुरस्कार‌ राशीको प्रतियोगितामा आज पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६-६ हजार प्राप्त गर्नेछन्।  क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले समान ११ हजार प्राप्त गर्नेछन्। विजेताले ६० हजार प्राप्त गर्दा दोस्रो हुने खेलाडीले ४२ हजार तथा तेस्रो र चौथो हुने खेलाडीहरूले क्रमश ३२ हजार र २४ हजार प्राप्त गर्नेछन्। 

क्वाटरफाइनल र सेमिफाइनल खेलहरु बिहिबार हुनेछ। पहिलो चरण, क्वाटरफाइनल, सेमिफाइनल र तेस्रो स्थानको खेल १८ होलको हुनेछ भने फाइनल खेल ३६ होलको हुनेछ।

LiNing Ad
# सूर्य नेपाल गल्फ टुर

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

द हिमालयन स्विङ ओपन कात्तिक १५ गते

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

गल्फ च्याम्पियनसिपको उपाधि एमेच्योर राहुललाई

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

तेस्रो दिन एमेच्योर राहुललाई एकल अग्रता

Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

मच्छिन्द्र र लालीगुराँसको खेलमा गोल भएन

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

नेपालको फाइनल खेल्ने सम्भावना कायमै

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

भारतलाई हराउँदै बंगलादेश फाइनलनजिक

चित्लाङले सातदोबाटोलाई रोक्यो

चित्लाङले सातदोबाटोलाई रोक्यो

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

आपसी सहमतिमा समाधान खोज्न पाकिस्तानलाई आईसीसीको आग्रह

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

डोमिनिकको अद्भुत ‘स्कर्पियन किक’ गोल

कीर्तिमाननजिक मार्टिनेज

कीर्तिमाननजिक मार्टिनेज