• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
सुमित र सुरोजको जोडी दोश्रो चरणमा
खेलपाटी संवाददाता
मंगलबार, पुस ३, २०८० खेलपाटी संवाददाता
सुमित र सुरोजको जोडी दोश्रो चरणमा

काठमाडौं । बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न उच्च २० बरियता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् ।

बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडीले पनि आफ्ना प्रतिद्वन्दि सुनाकोठीका अनिल कुमार महर्जन र राज कृष्ण महर्जनको जोडीलाई २१–१२, १७–२१, २३–२१ ले पराजित गर्दै दोश्रो चरण प्रवेश गरे ।

रिमिक्स क्लबको आफ्नो कोर्टमा भएको प्रतियोगिताको दोश्रो चरण प्रवेश गर्नेमा सेनाका सुर्य महर्जन र सुप्रिम पन्थको जोडी सैबु ब्याडमिन्टन क्लबका मधुसुदन थापा र सैलेन्द्र थापाको जोडीलाई २१–७, २१–१३, हेमरिकका मनिष वीर बज्राचार्य निशेष राज शाक्यको जोडीले बालकुमारीका क्यारोन महर्जन र रमन महर्जनको जोडीलाई २२–२०, १४–२१, २१–१९, एपिएफका प्रनिश सिंह ठकुरी र सुजन थापाको जोडीले नमुना ब्याडमिन्टन क्लबका राम प्रसाद चौधरी र अशोक कुमार खातीको जोडीलाई २१–१२, २१–१५, ललितपुर वार्ड नम्बर ६ का गौतम शाक्य र संजय शाक्यको जोडीले एपिएफका प्रदीप सोती र आरुष सिमखडाको जोडीलाई २१–८, २१–१७, बालकुमारीका दिप्रिस मुनी बज्राचार्य र शान्ता डङ्गोलको जोडीले कोन्तीका निरजन खड्गी र रितेश खड्गीको जोडीलाई २१–१३, २१–१२, एपिएफका अमन महर्जन र अनिल मल्लाको जोडीले सेनाका कविर केसी र लक्ष्मण रानाको जोडीलाई १५–२१, २२–२०, २१–९, सैबु ब्याडमिन्टन क्लबका सन बहादुर राई र कमल तामाङ्गको जोडीले भैसेपाटीका बुद्धिमान बुढाथोकी र दिनेश ठकुरीको जोडीबाट वाकओभर, जोरपाटी ब्याडमिन्टन क्लबका लोक लामा र लक्ष्मण सुनुवारको जोडीले हरिशिद्धीका साजन महर्जन र संजीप महर्जनको जोडीलाई २१–११, २१–९ को सेटमा हराए । 

यस्तै, चाकुपाटका सुमन शाक्य र जुवान तण्डुकारको जोडीले ललितपुर वार्ड नम्बर ६ का रोजल शाक्य र सुमेध शाक्यको जोडीलाई २३–२१, २५–२३, बालकुमारीका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडीले कैलालीका संदेश पाण्डे र सुवास साउदको जोडीलाई २१–११, २१–१६, चासीडोल ब्याडमिन्टन क्लबका राम लामा र साजन महर्जनको जोडीले बुँगमतीका विनेश महर्जन र कवी तुलाधरको जोडीलाई २१–१९, १४–२१, २१–१२, मानभवनका विभोर लामा र जय राईको जोडीले सुनाकोठीका रविन्द्र महर्जन र राकेश महर्जनको जोडीलाई २१–१८, २१–१६, सैबुका ओमकार गुरुङ्ग र अजय थापा मगरको जोडीले ललितपुर वार्ड नम्बर ६ का आर्यन शाक्य र संयक शाक्यको जोडीलाई २१–१९, २०–२२, २५–२३, ललितपुरका पुजन चित्रकार र चितवनका अलिष थापाको जोडीले बालकुमारीका सरोज महर्जन र सुरेन्द्र महर्जनको जोडीलाई २१–१३, २१–१२ ले पराजित गरे ।

यस्तै, किर्तिपुरका निखिल भट्ट र सेनाका सन्तोष पनेरुको जोडीले बालकुमारीका श्याम महर्जन र दथु राईको जोडीलाई २१–११, २१–११, एपिएफका जोसेफ अधिकारी र भोज बहादुर गुरुङ्गको जोडीले क्लब ७ का सुमन महर्जन र उज्वल शाक्यको जोडीलाई २१–११, २१–१३, एपिएफका सोम्बर चौधरी र बिशाल प्रधानको जोडीले हेमरिकका सिद्धार्थ महर्जन र राकेश शाक्यको जोडीलाई १८–२१, २१–१५, २१–१४, चन्द्रागिरीका माधव ढकाल र प्रनिश ढकालको जोडीले माउण्ट ओलिभ स्कुलका सुमन मावो लिम्बु र रिजन याम्फुको जोडीलाई २१–१८, २१–१७ को सेटमा हराए । 

यस्तै, जोरपाटी ब्याडमिन्टन क्लबका दिवश पाण्डे र युवराज तामाङ्गको जोडीले काठमाण्डौका आयुश साम्ला र आयुश्मान श्रेष्ठको जोडीलाई २१–१७, २१–१७, देवीनगर सर्कलका हेमन्त ऐर र भविष थापाको जोडीले फ्लेक्स फिटनेश सेन्टरका शेखर महत र सुशिल शाक्यको जोडीलाई २१–१७, २१–११, ललितपुरका प्रवचन शाक्य र रोहेन शाक्यको जोडीले सैबुका अर्जुन शाही र  पुरुषोत्तम थापाको जोडीलाई २१–१८, २१–९,  र बुँगमतीका प्रेमराज शाक्य र अरुण तुलाधरको जोडीले बालकुमारीका साईनिङ्ग बज्राचार्य र किरण महर्जनको जोडीलाई २१–१६, २१–१६ ले पराजित गर्दै दोश्रो चरणमा स्थान पक्का गरे ।

प्रतियोगिताको ललितपुर महानगरापालिकाका मेयर चिरी बाबु महर्जनले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

निर्णायकहरुको तर्फबाट रेफ्रि अनुप रत्न शाक्य र खेलाडीहरुको तर्फबाट रसिला महर्जनले प्रतियोगितालाई स्वक्ष र निस्पक्ष खेलाउने र  खेल्ने सपथ ग्रहण लिएका थिए ।

५ दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल खुला गरि ६ बिधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुष एकल र महिला एकलतर्फ बिजयी खेलाडीले नगद ४० हजारका साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । यस्तै उपविजेता खेलाडीले नगद २० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै तेश्रो स्थान प्राप्त गर्ने दुई खेलाडी प्रत्येकले नगद १० हजारका साथ मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् । 

यसैगरि पुरुष युगल तर्फका विजयी जोडीले नगद ४० हजार, उपविजेता जोडीले नगद २० हजार र तेश्रो स्थान प्राप्त गर्ने प्रत्येक जोडीले नगद १० हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यु —१७ छात्र-छात्रा तथा भेट्रान्स युगल तर्फका विजयी खेलाडीहरुले नगद २० हजार, उपविजेताले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको खर्च करिव ३० लाख रहेको छ ।

प्रतियोगितामा २ सय ६७ खेलाडीहरुले विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा गर्ने रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन चैत पहिलो साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
एकै खेलमा ३ रातोसहित ६ कार्ड, २१ फउल
सुखद् सुरुआतमा चेल्सी
सुखद् सुरुआतमा चेल्सी
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP