काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
मंगलबार भारतले टस जितेर फिल्डिङ रोजेपछि नेपाललाई ब्याटिङका लागि बोलाएको छ ।
नेपालको प्लेइङ ११ मा देव खनाल, अर्जुन कुमाल, दिपक डुम्रे, हेमन्त धामी, दिपेश कँडेल, आकाश चन्द, सुबास भण्डारी, दिपक बोहोरा, गुलसन झा, उत्तम थापा मगर र दिपक बोहोरा छन् ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले राम्रो प्रर्दशन गर्न सकेन । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको नेपालले दोस्रो खेलमा अगफानिस्तानलाई ७३ रनको नतिजा सुम्पिएको थियो ।
प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ । दुवै हारले नेपालको नेट रनरेट समेत ऋणात्मक छ ।
यस समूहमा पाकिस्तान ४ अंक सहित शीर्ष स्थानमा छ । भारत र अफगानिस्तान समान २ अंक जोडेको क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ ।