काठमाडौं । फ्रेन्चाइज क्रिकेट पाकिस्तानी सुपर लिग पीएसएलको ड्राफ्टमा ८ खेलाडी परेका छन् ।
सोमबार सार्वजनीक सूचि अनुसार सिल्भर श्रेणीमा ८ नेपाली खेलाडी ड्राफ्टमा परेका हुन् ।
सार्वजनीक सूचि अनुसार युवा कप्तान देव खनाल, आरिफ शेख, आसिफ शेख, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी ड्राफ्टमा परेका हुन् ।
ड्राफ्टमा परेका खेलाडीको छनोट आगामी बुधबार लोहोर नेश्नल क्रिकेट एकेडेमीमा हुनेछ ।
आईपीएलको अक्सन विपरित पीएसएलमा सहभागी टिमले ५ श्रेणीमा रहेका खेलाडीको छनोट गर्नेछन् ।
नेपाली खेलाडी समावेश सिल्भर श्रेणीका खेलाडीको मुल्य ४१ लाख १५ हजार पाकिस्तानी रुपैयाँ रहेको छ । यस श्रेणीबाट सहभागी टिमले कम्तिमा ५ खेलाडी खरिद गर्नेछन् ।
यस्तै, प्लाटिनम श्रेणीका खेलाडीले २ करोड ३० लाख ४४ हजार, डायमण्ड श्रेणीका खेलाडीले १ करोड १५ लाख २२ हजार, गोल्ड श्रेणीका खेलाडीले ८२ लाख ३० हजार, सिल्भर श्रेणीका खेलाडीले ४१ लाख १५ हजार र इमर्जिङ क्याटागोरी रहेका खेलाडीले १६ लाख ४६ हजार पाकिस्तानी रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता फागुन १३ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन हुने तालिका रहेको छ ।