काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले चेल्सीलाई हराएको छ ।
गुडसिन पार्कमा आईतबार एभर्टनले चेल्सीलाई २–० ले हराएको हो ।
एभर्टनले लगातार तेस्रो खेलमा जित निकाल्ने क्रममा चेल्सीलाई शिकार बनाएको हो ।
सन् २०२१ पछि पहिलो पटक एभर्टनले प्रिमियर लिगमा लगातार तीन जित आत्मसाथ गरेको हो ।
अब्दुलाये डौकौरे र बैकल्पिक खेलाडी लुईस डोबिनले एभर्टनको जितमा गोल गरे ।
डौकौरेले दोस्रो हाफको ५४ औं मिनेटमा गोल गर्दै एभर्टनलाई अघि बढाएका थिए । इन्जुरी समयमा डोबिनले गोल गर्र्दै एभर्टनको जित निश्चित गरेका थिए ।
जितपछि एभर्टनले चार अंकले रेलिगेशन जोन छोडेको छ ।
पहिलो हाफमा घरेलु टोलीका गोलकिपर जोर्डन पिकफोर्डले इन्चो फर्नान्डेज र कोल पालमरको उत्कृष्ट प्रहारलाई बचाउ गरेका थिए ।
मौरेसियो पोचिटिनोको नेतृत्वमा चेल्सीले लिगमा सातौं हार ब्यहोरेको छ । चेल्सी तालिकाको ११ औं स्थानमा झरेको छ ।