काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तासँग पराजित भएको छ ।
समूह चरणको दोस्रो खेलमा नेपालले अफगानिस्तासँग ७३ रनको हार ब्यहोरेको हो ।
लगातार दुई खेलमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग हारेको थियो ।
अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० दशमलव १ ओभरमा १ सय ८८ रनमा अलआउट हुन पुग्यो ।
ओपनर अर्जुन कुमालले ९१ रनको शानदार इनिङ्स खेलेपनि नेपाललाई जितसम्म पुर्याउन उनीसँग कुनै खेलाडी रहेनन् । अर्जुन अन्तिम विकेटको रुपमा ९१ रनमा आउट भए । उनले १ सय ८ बलमा १३ चौकाको मदतले सो स्कोर खडा गरेका थिए ।
अर्का ओपनर विपित रावल शुन्य रनमा पेविलियन फर्कदा दिपक बोहोरा १५ र कप्तान देव खनाल २४ रनमा आउट भएका थिए ।
पाकिस्तानविरुद्ध अर्धशतक हानेका उत्तम मगर ४, आकाश त्रिपाठी शुन्य, गुलसन झा १७, दिपेश कँडेल ११, सुबास भण्डारी ८, हेमन्त धामी शुन्य रनमा पेविलियन फर्किएका थिए ।
पाकिस्तानका फरिदुन दाउदजइ र नसिर खान मारुफखिलले समान ३ तथा मोहम्मद यूनुसले २ विकेट लिएका थिए ।
वाहिदुल्लाह जादरान र खलिल अहमदले समान एक एक विकेट झारेका थिए ।
यूएईमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो ।
जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले सो स्कोर खडा गरेको हो । ३३ रनमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अफगानी इनिङ्सलाई जमसेदले सम्हालेका थिए । उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेल्दा ८ चौका प्रहार गरेका थिए ।
ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए । जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए । मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए ।
पुछारका दुई ब्याट्सम्यान फरिदुन दाउदजई र वाहिदुल्लाह जादरान शुन्य रनमा आउट भए ।
नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।
नेपालले समूह चरणको अन्तिम खेलमा भारतसँग खेल्नेछ ।