काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाल समक्ष २ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूएईमा नेपाल टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा अल आउट हुँदै २ सय ६१ रन बनाएको हो ।
जमसेद जदरानको शतकिय इनिङ्समा अफगानिस्तानले ठुलो स्कोर खडा गरेको हो । ३३ रनमा ३ विकेट गुमाएर खराब सुरुवात गरेको अफगानी इनिङ्सलाई जमसेदले सम्हालेका थिए ।
उनले नटआउट १ सय ६ रनको शतकिय इनिङ्स खेले । उनले १ सय ५२ बलमा ८ चौकाको मदतले सो स्कोर खडा गरेका हुन् ।
ओपनरद्धय खालिद तनिवला १० र वाफिउल्लाह तराखिल १५ रनमा आउट भएको अफगानिस्तानको इनिङ्समा अकरम मोहम्मदजई शुन्य रनमा पेविलियन फर्किएका थिए ।
जमसेदसँग मिलेर नुमाद शाहले ६० र रहिमुल्लाह जुमातीले ३५ रनको योगदान गरेका थिए ।
मोहमद युनिस २, खालेल अहमद १३ र नासिर खान ४ रनमा आउट भएका थिए । पुछारका दुई ब्याट्सम्यान फरिदुन दाउदजई र वाहिदुल्लाह जादरान शुन्य रनमा आउट भए ।
नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।
नेपाललाई सेमिफाइनल यात्रा सहज बनाउन अफगानिस्तानलाई हराउनैपर्ने दबाब छ ।