काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा टस जितेको छ ।
यूएईमा समूह चरणको दोस्रो खेलमा अफगानिस्तानविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो ।
नेपालको प्लेइङ ११ कप्तान देव खनाल सहित अर्जुन कुमाल, आकाश त्रिपाठी, विपिन रावल, हेमन्त धामी, दिपेश कँडेल, आकाश चन्द, सुवास भण्डारी, दिपक बोहोरा, गुलसन झा र उत्तम थापा मगर रहेका छन् ।
नेपालले पहिलो खेल पाकिस्तानसँग गुमाएको थियो । अफगानिस्तानले पनि पहिलो खेल भारतसँग हारेको थियो ।
प्रतियोगितामा अघि बढ्न दुवै टिमलाई जितको आवश्यकता छ । सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन दुवै टिमलाई जितको विकल्प छैन ।
पाकिस्तान सहित भारत सम्मिलित समूहमा रहेको नेपाल सेमिफाइनल पुग्न चाहन्छ, तर त्यसका लागि दोस्रो खेलमा अफगानिस्तानको शिकार गर्नुपर्नेछ ।
समूह एमा पाकिस्तान र भारतले समान एक एक खेल जितेर समान २ अंक जोडेका छन् । नेपाल र अफगानिस्तान अंक विहीन छन् ।