एभरेष्ट ओपन तेक्वान्दो बुधबारबाट
सोमबार, पुष १६, २०७५खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करण एभरेष्ट ओपन राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ ।
एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको नेपाल शाखाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुस १८ (बुधबार) बाट पुस २० गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
ललितपुरको नक्खुमा आयोजना हुने प्रतियोगितामा हालसम्म १२०२ खेलाडीले नाम दर्ता गराईसकको आयोजकले जनाएको छ ।
प्रतियोगितामा उपत्यका भित्रका ४० र बाहिरबाट २५ डोजाङका खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पुरस्कार पाउनेछन् । यस्तै दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीले समान १०/१० हजार पाउनेछन् ।
यस्तै प्रतियोगितामा सहभागी सबै खेलाडीको १ बर्षको स्वास्थ्य बिमा समेत गरिएको आयोजक संघका अध्यक्ष केशव थापाले बताए ।








-1753017726.jpeg&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)


-1761446241647.webp&w=3840&q=75)
